पोल्याण्ड । राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनलाई सम्बोधन गर्ने सिलसिलामा पोल्याण्डको राजधानी वार्सा पुगेकी छिन् ।
उनीलाई पोल्याण्डका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले चोपिन वार्सा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
राष्ट्रपति भण्डारीका साथ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सांसद पूर्णकुमारी सुवेदी, कृष्णगोपाल श्रेष्ठ, पुष्पा भुसाल, चन्द्रा चौधरी र रामसहाय यादव पनि पोल्याण्ड पुगिसकेको बताइएको छ । परराष्ट्र मन्त्रालय, वातावरण र सञ्चार क्षेत्रका विज्ञलगायतका उच्च अधिकारी पनि यसैक्रममा वार्सा पुगिसकेका छन् ।
राष्ट्रपति भण्डारीले विश्वका १सय ९६ मुलुकका सहभागीलाई जलवायु परिवर्तनसम्बन्धी नेपालको आधिकारिक धारणा राख्ने कार्यक्रम रहेको छ । कार्यक्रमकै बीच राष्ट्रपतिले पोल्याण्डका समकक्षी आन्द्रेइ सेवास्टियन दुदासँग भेटवार्तासमेत गर्नेछिन् ।
यसअघि राष्ट्रपति भण्डारी कतारको राजधानी दोहामा हुँदा हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत गायत्रीबहादुर पौडेललगायतका अधिकारीले स्वागत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया