सरकारमा जाने नजानेबारे टुंगो लगाउन एकीकृत समाजवादीको बैठक जारी

लोकपथ
26
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शुरु भएको बैठकमा एकीकृत समाजवादी पार्टी सत्ता गठबन्धनको सरकारमा जाने अथवा नजाने भन्नेबारे टुंगो लगाउन बसेको पार्टी निकट स्रोतले जनाएको छ ।

बैठकलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्दै राजनीतिक परिस्थितिबारे बेलैमा विचार नगर्दा अप्रत्याशित घटना भइ गठबन्धन भंग भएको बताएका छन्।

उनले राजनीतिमा नयाँ किसिमको चुनौति देखापरेको र यसलाई आगामी दिनमा सम्बोधन गर्दै अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । हिजो पनि अध्यक्ष नेपालले भर्चुअल बैठकबाट सरकारमा सहभागि हुने वा नहुने भन्नेबारेमा भुगोलका नेताहरुसँग छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?