काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमु ल्होसारको शुभकामना दिएका छन् ।
शुक्रबार टुँडिखेलमा गुरुङ समुदायको महान पर्व तमु ल्होसारका अवसरमा आयोजित समारोहमा उपस्थित भई शुभकामना व्यक्त गरेका हुन् ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा पुगेका प्रचण्डले छोटो मन्तव्य दिएका थिए ।
शुभकामना दिएर पोडियमबाट फर्किएका प्रधानमन्त्री प्रचण्ड पुनः दुई कुरा छुटेको भन्दै पोडियमतिरै फर्किएका थिए ।
माहोल केही रोमान्चक बनेपछि उनले आफ्ना कुरा शुरु गरेका थिए ।
पुनः सम्बोधन गरेर फर्किएका उनले पोडियममा पुगेर सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका थिए । त्यस्तै तमु ल्होसारका लागि आर्थिक सहयोग गर्ने बताए पनि नभएको गुनासो आएको र अब आफूले अहिलेसम्मकै धेरै रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रधानमन्त्री दाहालले पहिलो कुरा भनेका थिए, ‘यो काठमाडौंको टुँडिखेलमा आयोजित यो समारोहको सुरक्षाका निम्ति विशेष ध्यान दिन नेपाल प्रहरीलाई म यसै मञ्चबाट निर्देशित गर्न चाहन्छु,’ ।

त्यस्तै उनले दोस्रो कुरा भने, ‘तमु ल्होसार निम्ति बिगत सरकारले पनि सम्मान र सहानुभूति स्वरुप आर्थिक सहयोग गर्दै आएको मलाई थाहा छ । म पनि दोस्रो चोटी प्रधानमन्त्री हुँदा मैले बोलेको थिएँ । तर, मैले प्रधानमन्त्री छोडेपछि त्यो आर्थिक सहयोग भएन भनेर मलाई सुनाउनुभयो । यो पटक अहिलेसम्म दिइएको भन्दा बढी रकम दिइने छ । र, मेलै दिने छु ।’
आफ्नो सम्बोधन सकाएर फर्किएका प्रधानमन्त्री दुई कुरा छुट्टो भन्दै बोल्न गएपछि माहोल केही रोमान्चक बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया