काठमाडौं । युथ कांग्रेसले आयोजना गरेको जोरबिजोर व्यवस्थाको अवज्ञा मोटरसाईकल -यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । -यालीमा सहभागि ८ जनालाई गिरप्तार समेत गरेको छ ।
गिरप्तार हुनेहरुमा युथ कंग्रेसका राष्ट्रिय संयोजक सचिन तिमील्सना, चेतन बुढाथोकी, डुजाङ शेर्पा, पुष्पकर वास्तोला, सुनिल शर्मा, तपेन्द्र खड्का लगायत रहेका छन् ।
राज्यको कार्यक्रम नभई अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रमका लागि राज्यले जनतालाई दुःख दिन खोज्नु आफुहरुलाई मान्य नभएको भन्दै युथ कंग्रेसले अवज्ञा मोटरसाईकल र्याली निकाल्लन लागेको थियो ।
काठमाडौंको ज्ञानेश्वरबाट र्याली निकाल्न रातोपुलमा भेला भएकाहरुसँग झडप समेत भएको छ । झडपमा केही घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको आफैँमा विवादित र शंकास्पद सम्मेलनका निम्ति आम नेपाली जनतालाई सास्ती दिन नमिल्ने युथ कांग्रेसको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया