प्रधानमन्त्री ओली र म्यानमारकी नेतृ सुकीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमारकी नेतृ आङ साङ सुकीबीच भेटवार्ता भएको छ । 

शुक्रवार बिहान काठमाडौंको होटल अन्नपूर्णमा प्रधानमन्त्री ओली र सुकीबीच भेटवार्ता भएको हो । 

म्यानमारकी नेतृ एसिया प्यासिफिक समिटमा सहभागी हुन बिहीवार नेपाल आएकी थिइन् । नेपाल आएसँगै उनले विभिन्न राजनीतिक भेटघाटलाई तीव्रता दिएकी छन् । 

यसअघि शुक्रबार बिहान मात्रै उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी थिइन् ।

प्रधानमन्त्रीको सचिवालय अनुसार प्रधानमन्त्री ओली र सुकीबीचको भेटमा द्विपक्षीय हितलगायत विषयमा कुराकानी भएको जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?