काठमाडौं । एसिया प्यासिफिक समिटलाई व्यवस्थित गर्न र सवारी चापका कारण पाहुनालाई आवतजावतमा समस्या नहोस् भनेर मंसिर १३ बिहिबार देखि जोर–बिजोर प्रणाली लागू गरिएको छ ।
जोर–बिजोर प्रणाली अन्र्तगत आज शुक्रबार जोर नम्बर भएका सवारी साधन मात्र सञ्चालनमा आएका छन् ।
युनिभर्सल पिस फेडेरेसनको आयोजनामा मंसिर १४ देखि १७ गतेसम्म हुन लागेको समिटमा ७ देशका राष्ट्र र सरकार प्रमुख तथा उपप्रमुख सहभागीता रहने छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार मंसिर १४ शुक्रवार र १६ गते जोर भएका र १५ गते नम्बर प्लेटको अन्तिमको अंक बिजोर भएका सवारी साधन मात्र चल्न पाउनेछन् ।
काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा बिहीबारबाट ४ दिन जोर–बिजोर प्रणाली लागू भएसँगै सर्वसाधारणले सास्ती झेल्नुपरेको छ ।
जोर बिजोर प्रणालीको कारण कलेज जाने विद्यार्थी, सर्वसाधारण मर्कामा परेका छन् ।
तर अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू गरिएको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया