रुपन्देही । प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले अपराध न्युनिकरणका लागि योजनाबद्ध ढंगले अगाडि बढेको बताएका छन् ।
प्रदेश नम्बर ५ प्रदेश प्रहरी कार्यालयले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले हत्या, हिंसा,बलात्कार जस्ता अपराधलाइ निरुत्साहित गरी शान्ति सुब्यबस्था कायम राख्न प्रहरी लागि परेको बताए ।
प्रदेशका छुट्टा छुट्टै घटनामा १० जनाको हत्या भएको जानकारी दिदै उहाले हत्यामा संलग्न रहेको अभियोगमा २३ जना ब्यक्तिलाइ प्रहरीले पक्राउ गरेकोे बतए ।
प्रहरी प्रमुख अधिकारीले अनुसन्धानका हिसाबले प्रहरी ९५ प्रतिशत सफल रहेको बताए । उनले अनुसन्धान प्रकृयालाइ प्रभाबकारी बनाउन प्रहरीलाइ प्रबिधि मैत्री बनाउन जरुरी रहेको बताउदै त्यसका लागि योजना अगाडि बनाएको बताए ।
उनले जघन्य अपराधका घटनामा प्रदेश तहबाट निगरानी र विशेष टोली परिचालन गरी अनुसन्धानमा सहयोग पुरयाउने बताउँदै अबैध हात हतियारको प्रयोग, तस्करी र प्राकृतिक स्रोतको दोहन जस्ता कार्यलाइ नियन्त्रण गर्न आक्रमक ढंगले प्रस्तुत हुने बताए ।
सवारी दुर्घटना न्युनिकरणमा बिशेष जोड दिएको बताउँदै उनले एक महिनाको अवधिमा २१ हजार ५ सय सवारी कारबाहिमा परेको बताए ।
प्रहरीमा अनियमितता हुने गरेको गुनासो नियन्त्रणका लागि संगठन सुदृढिकरणमा विशेष जोड दिएको बताए । प्रहरी लैंगिकताका सवालमा गम्भिर रहेको जनाउँदै उनले लैगिंक हिंसा नियन्त्रणका लागि बिशेष कार्यक्रम शुरु गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया