काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न जिल्लामा पार्टीको सहायक महामन्त्रीहरु नियुक्त गरेको छ ।
बिहीवार पार्टीका प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा पार्टीको विधान बमोजिम अध्यक्ष कमल थापाले पार्टीका सहायक महामन्त्रीहरुमा नियुक्त गरेका हुन् ।
पार्टीको सहायक महामन्त्रीहरुमा भक्तिप्रसाद सिटौला (झापा), केदारनाथ कोइराला (मोरङ्ग), राजाराम बर्तौला (मकवानपुर), बसन्तमान सिंह अधिकारी (संखुवासभा), ईन्द्र चित्रकार (काठमाडौं), प्रेम कुमार श्रेष्ठ (प्रवास), राजेश गिरी (झापा), तिर्थराज चटौत (कञ्चनपुर) र रेणुदेवी साह (सप्तरी)लाई मनोनयन भएका छन् भने सहायक कोषाध्यक्षमा विशेश्वर शर्मा सुवेदी (धादिङ्ग)लाई मनोनयन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया