एकाएक किन बोलाए हृदयेश त्रिपाठीले काठमाडौंमा भेला

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट अलग भएका नेता हृदयेश त्रिपाठीले काठमाडौंमा भेला बोलाएका छन् । 

पार्टी भित्र आन्तरिक विवाद चलिरहेको बेला सो पार्टीबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह गठन गरेका त्रिपाठीले काठमाडौंमा मंसिर २८ गते समूहको भेला बोलाएका हुन् । 

समूहका संयोजक त्रिपाठीका अनुसार भेलामा चुनावदेखि हालसम्म देशमा भएका घटनाक्रमको बारेमा छलफल हुने बताए । 

राजपा नेपाल गठनमा विशेष भूमिका खेलेका त्रिपाठी सो पार्टी छाडेर समूह गठन गरी तत्कालिन एमालेको सूर्य चिन्हबाट चुनाव लडेका थिए ।

समूहका नेता ईश्वर दयाल मिश्रले भने, ‘यो भेलामा समूह बाहिरबाट पनि नेताहरुको सहभागी हुन्छन् । 

समसामयिक विषयमा छलफल हुने भएकाले यसमा बौद्धिक छलफल हुने भएकाले बाहिरका व्यक्तिलाई पनि बोलाउनु पर्ने भएको उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?