कांग्रेसको विधान मस्यौदामाथि केन्द्रीय समितिमा छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेसको संघीय संरचना अनुसार संशोधित तथा परिमार्जित विधान मस्यौदामाथि आजबाट केन्द्रीय समितिमा छलफल शुरु भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहीवार बिहान ११ बजेबाट छलफल भइरहेको छ । 

मंसिर २८ देखि पुस ३ गतेसम्म हुने महासमिति बैठकमा प्रस्तुत गरिने संशोधित विधानको मस्यौदा अध्ययन गर्न केन्द्रीय सदस्यहरुलाई तीन दिनको समय दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?