कांग्रेस जिल्ला सभापतिहरुको बैठक आजपनि जारी

काठमाडौं । नेपाली कांग्रेसको प्रस्तावित विधान मस्यौदा सम्बन्धि विशेष आन्तरिक छलफलका लागि देश भरिका कांग्रेस जिल्ला सभापतिहरूको बैठक ककनीमा आज पनि जारी छ । 

कांग्रेस नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीको समन्वयमा नुवाकोटको ककनीमा बुधवारदेखि जिल्ला सभापतिहरुको भेला शुरु भएको हो । 

भेलामा सहभागि हुन ७७ जिल्लामध्ये ५२ जिल्लाका सभापति काठमाडौं आईसकेको कांग्रेस नुवाकोटका सभापति केसीले बताए । 

पार्टीले गठन गरेको केन्द्रीय विधान संशोधन मस्यौदा समितिले तयार पारेको विधान मस्यौदामाथि छलफल हुने बताइएको छ ।

२ दिनका लागि डाकिएको भेला कुनै गुट–उपगुटको छलफल नभएको स्पष्ट पार्दै केसीले जिल्ला सभापतिहरु आपसमा बसेर छलफल गरी केन्द्रीय कार्यसमितिको बैठकमा सुझाव पेश गरौं भन्ने उद्देश्य रहेको बताए ।

बिहीवारै ककनी घोषणापत्र जारी गर्ने तयारीसमेत जिल्ला सभापतिहरूको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?