काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश कमिटीका सदस्यहरुको नाम टुंगो लगाएको छ ।
बुधबार साँझ बसेको पार्टी सचिवालय बैठकले प्रदेश कमिटीका सदस्यहरुको नामावली टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यद्यपी सो नामावली सार्वजनिक गरिएको छैन ।
श्रेष्ठले केन्द्रीय सदस्यको कार्यविभाजनका विषयमा भने टुंगो लाग्ने बाँकी रहेको बताए । यसबारे बिहिबार फेरि बैठक बसेर बाँकी विषयमा टुंगो लगाइने जानकारी दिए ।
यस्तै जनवर्गाीय संगठनको एकीकरण सम्बन्धमा पनि पार्टीले निर्णय गर्न बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया