सार्वजनिक लेखा समितिको बैठक : वाइडबडी खरिदसम्बन्धी ठोस प्रतिवेदन बुझाउन दिर्नेशन

काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिले नेपाल एयरलाइन्सले खरिद गरेको वाइडबडी विमान सार्वजनिक खरिद ऐन अनुसार भएनभएको रायसहित ठोस प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । 

समितिको बुधबार बसेको बैठकमा सोधपुछ गर्न सार्वजनिक खरिद कार्यालयका सचिव मधु रेग्मीलाई बोलाएको थियो । 

बैठकले समितिलाई रायसहितको प्रतिवेदन पेश गर्न सात दिनको समसीमासहितको निर्देशन दिएको हो ।

बैठकमा सहभागी सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुप्रसाद रेग्मीले वाइडबडी खरिदबारे मिडियामा आएको बाहेक कार्यलयलाई केही जानकारी नभएको बताए । 

उनले समितिले दिएको निर्देशनका आधारमा छानविन गर्न सक्ने भन्दै छानविनपछि मात्रै विमान खरिद प्रकरणबारे भन्न सक्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?