काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले विधानबारे छलफल गर्न गुटको बैठक बोलाएको छ ।
बुधवार महामन्त्री कोइरालाले विधानबारे छलफल गर्न भन्दै रामचन्द्र पौडेल र कृष्ण सिटौला गुटमा रहेका नेताहरुको बैठक बोलाएका हुन् ।
भोलि (बिहीवार)बाट शुरु हुने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने एक दिन अघि महामन्त्री कोइरालाले विधानबारे छलफल गर्न लागेका हुन् ।
भोलि बस्ने कांग्रेस कार्यसमतिको बैठकमा विधान संशोधन मस्यौदा समितिको प्रस्तावमाथि छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया