कसको कारण लागू हुँदै छ जोड–बिजोर प्रणाली ? यी हुन विदेशी पाहुना

काठमाडौं । शुक्रवारदेखि सरकारले काठमाडौं उपत्यकामा सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ । 

शुक्रबारदेखि शुरू हुने एसिया प्यासेफिक समिटका लागि ट्राफिक प्रहरीले ४ दिन सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्न लागेको हो । 

तीन देशका राष्ट्रपतिसहित ४५ देशका ५६७ जना पाहुना आउने भएपछि उनीहरूको आवतजावतलाई सहज बनाउन ट्राफिक प्रहरीले नागरिकका सवारीमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । 

समिटमा सहभागी हुन फिलिपिन्सकी उपराष्ट्रपति लेनी रोब्रेडो बुधवार काठमाडौं आइपुग्दै छिन् ।  उनी १६ गते फर्कनेछिन् ।

त्यस्तै म्यानमारकी विदेश मन्त्री आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन बिहीवार नेपाल आउने भएका छन् । सुकीले राष्ट्रपति, प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम छ भने सेनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेट्ने कार्यक्रम तय भएको छ । 

उनीहरू दुबै जना शुक्रवार स्वदेश फर्किनेछन् ।

यसैगरी समिटमा सहभागी हुन ओसिनिया तीन देशका राष्ट्रपति पनि काठमाडौं आउँदैछन्।

रिपब्लिक अफ नाउरू, रिपब्लिक टुभालु र इन्डिपेन्डेन्टस् स्टेट अफ सामवा राष्ट्रपतिहरू समिटमा सहभागी हुनेछन् ।  

यी बाहेक १० देशका पूर्वप्रधानमन्त्री र राष्ट्रपति पनि सम्मेलनमा सहभागी हुनेछन् ।

उपत्यकामा बिहीवारदेखि आइतवारसम्म जोर विजोर नम्बर प्रणाली लागू

यसैगरी महाशाखाका अनुसार मंसिर १३ गते बिहीवार र मंसिर १५ गते शनिवार नम्बर प्लेटको अन्तिम अंक विजोर (१,३,५,७,९) भएका गाडीमात्रै चल्न पाउनेछन् ।

त्यस्तै मंसिर १४ गते शुक्रवार र मंसिर १६ गते आइतवार जोर (०,२,४,६,८) अंक भएका गाडी मात्रै चल्न पाउनेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?