काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमद दाहाल ‘प्रचण्ड’ ले असन्तुष्ट व्यक्त गरेका छन् ।
मंगलवार पार्टी केन्द्रीय कमिटी बैठकको माग गर्दै ८ बुँदे ज्ञापनपत्र बुझाएका २२ केन्द्रीय सदस्यहरुसँग भएको भेटमा प्रचण्डले बैठक बस्न नसकिरहेको भन्दै असन्तुष्ट व्यक्त गरेका थिए ।
एक नेताका अनुसार अध्यक्ष प्रचण्ड आफैं असन्तुष्ट देखिए ।
नियमित बैठक नबस्ने र पार्टीभित्र छलफल नहुने गुनासो लिएर भेट्न गएका केन्द्रीय सदस्यहरुबीच अध्यक्ष प्रचण्ड आफैंले गुनासो गरेका थिए ।
यसैबीच नेकपा सचिवालयको बैठक आज (बुधवार) अपरान्ह ४ बजेको लागि बोलाइएको छ । यद्यपि अन्तिम समयमा प्रधानमन्त्रीको समय नमिलेमा बैठक स्थगित हुन सक्ने स्रोतले जनाएको छ । यसअघि केन्द्रीय सदस्यहरुको कार्य विभाजन टुंगो लगाउनका लागि बैठक रोकिएको थियो ।
केन्द्रीय सचिवालयले कार्य्विभाजन तथा एकीकरणको प्रस्ताव तयार पारेपछि स्थायी कमिटी बैठक बोलाइने नेकपाले जनाएको छ । बिधानअनुसार ३ महिनामा बस्नुपर्ने स्थायी कमिटी बैठक ५ महिनादेखि बस्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया