सरकार र संसदको कामप्रति सभामुख महराको असन्तुष्टि

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकार र संसदको कामप्रति असन्तुष्टि जनाएका छन् । 

प्रतिनिधिसभा विधायन व्यवस्थापन समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘ऐन कार्यान्वयन मापन र अध्ययन अनुसन्धान सम्बन्धी कार्यशाला गोष्ठी’लाई सम्बोधन गर्दै उनले सो बताएका हुन् । 

विजनेश नहुँदा हिउँदे अधिबेशन नै सुरु हुन नसकेको भन्दै सभामुख महराले छिटोभन्दा छिटो विजनेस को माग गरेका छन् । 

सभामुख महराले विद्यमान संविधानअनुसार धेरै कानून परिमार्जन गर्नुपर्ने भएपनि उक्त काम प्रभावकारी नभएको भन्दै काम अघि बढाउन सरकारलाई आग्रह गरेका छन् । कानून निर्माण गर्न ज्ञानको अभाव रहेको भन्दै बनेको कानून सहि रुपमा कार्यान्वयन गर्नेतर्फसमेत ध्यान जानु पर्नेमा उनले जोड दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?