काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिको भूमिकाबारे नयाँ संसदमा छलफल हुनुपर्ने बताएका छन् ।
संघीय संसद भवनमा प्रतिनिधि सभा सदस्यको शपथ लिएपछि संवाददाताहरुसँग कुरा गर्दै महामन्त्री थापाले संसदबाट पारित गरिएको विधेयक रोक्ने अधिकार कसरी राष्ट्रपतिले पाए भन्नेबारे छलफल गरिनुपर्ने बताएका हुन् ।
आफूलाई ठीक वा बेठिक लागेको आधारमा राष्ट्रपतिले विधेयक रोक्न थाल्ने हो भने संसदको सार्वभौमसत्ता खोसिने पनि सांसद थापाले बताए ।
संसदले पारित गरेर पठाइसकेको नागरिकता विधेयक राष्ट्रपति विद्या भण्डारीले रोकेका सन्दर्भमा थापाले उक्त टिप्पणी गरेका हुन् ।
सरकारले हालै मात्र ल्याएको अध्यादेश संसदमा आउँदा आफूले विपक्षमा मत दिने पनि थापाले प्रष्ट गरे । तर त्यो रोक्ने अधिकार राष्ट्रपतिलाई नभएको उनको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया