काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको नेता चयनका लागि बिहीबार बैठक बोलाएको छ । संसदीय दलको बैठक दिउँसो ४ बजे बोलाइएको हो । सांसदहरुले शपथ लिएपछि माओवादीले दलको नेता चुन्न लागेको छ ।
माओवादी केन्द्रकी सांसद रेखा शर्माका अनुसार शपथ लगत्तै संसदीय बैठक बस्नेछ । माओवादी केन्द्रका संसदीय दलको नेताका लागि अरु कोही पनि आकांक्षी नदेखिएपछि दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित जस्तै छ । माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित १८ र समानुपातिकबाट १४ गरी ३२ सांसद छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया