शम्भू माली / कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका ४ मोतीभारीका दीपेन्द्र कुमार चौधरी (राजाबाबु) को अन्त्येष्टि गरिएको छ ।
शुक्रबार गोली हानी हत्या गरिएका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला नेता चौधरीको आइतबार साँझ अन्येष्टि गरिएको हो ।
चौधरीको हत्यामा संलग्नलाई पक्राउ माग परिवारले आन्दोलन गर्दै आएका थिए ।
हत्या भएको तीनदिन पछि आन्दोलनरत पक्ष र सरकारबीच चारबुँदे सहमति भएपछि चौधरीको अन्त्येष्टि गरिएको हो ।
सहमति भएपश्चात् चौधरीको शव परिवारले बुझेको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले बताए ।
आइतबार दिउँसो जिल्ला सुरक्षा सहमतिको बैठक बसी उनीहरूको माग स्थानीय प्रशासनबाट गृह मन्त्रालयमा पठाइएको उनले बताए ।
आइतबार दिनभर कपिलवस्तुका प्रजिअ पोखरेल, प्रहरी प्रमुख अच्युत पुडासैनी सहित पीडित परिवारका सदस्यहरूबीच सहमति भएपछि चौधरीको शवको अन्त्येष्टि गर्न परिवार सहमत भएका थिए ।
सहमतिअनुसार हत्यामा संलग्नलाई यथाशिघ्र कानुनी दायरामा ल्याउने, मृतकलाई शहीद घोषणा गर्ने, राज्यले दिने क्षतिपूर्ति रकम तत्काल उपलब्ध गराउनेलगायतका चारबुँदे सहमति भएको थियो ।
चौधरीको हत्यामा संलग्न गरहेको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक पुडासैनीले जानकारी दिए ।
प्रहरीले हत्यामा संलग्न अजित पाण्डेयका दाजु अमित पाण्डेय र भाइ रामकृष्ण पाण्डेलाई पक्राउ गरेको छ ।
युवा नेता चौधरीको शुक्रबार राति ९ बजे शुद्धोदन गाउँपालिका ४, मोतीभारीमा गोली प्रहारबाट हत्या गरिएको थियो ।
टाउकोमा गोली लागेर गम्भीर भएका चौधरीको रुपन्देहीस्थित भैरहवा मेडिकल कलेजमा उपचारका लागि लाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया