काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित बुद्धनगरको एक फर्निचरको शोरुमा आगलागी भएको छ ।
सोमबार दिउँसो ३ः३० बजे बुद्धनगरको चाइनिज फर्निचरको शोरुममा आगलागी भएको हो । काठमाडौं र भक्तपुरबाट बोलाइएको दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी छ ।
चाइनिज फर्निचरको शोरुम भएको र आगलागीबाट लाखौंको क्षतिको आशंका गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होमिन्द्र बोगटीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया