पुस २ गतेभित्र माग पूरा नभए डा. केसी अनसन बस्ने, निर्मला पन्तको विषयमा यसो भने

काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि आमरण अनसन बस्ने घोषणा गरेका छन् ।

आफ्ना तीन बुँदे माग अघि सार्दै डा. केसीले ती माग आगामी पुस २ गतेभित्र पूरा नभए अनसनमा बस्ने घोषणा गरेका हुन् । 

त्रिवि शिक्षण अस्पतालमा सोमवार पत्रकार सम्मेलन तीन बुँदे माग अघि सारेका हुन् । 

उनले गत साउन १० गते सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरिनुपर्ने, निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न तत्काल पक्राउ गरि मुद्दा चलाइनुपर्ने, सरकारको निर्णय उलंघन गरी काठमाडौं विश्व विद्यालयले तोकेको शूल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गरिनुपर्ने माग गरेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?