काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र विपक्षी दल नेपाली कांग्रेस नेताहरुको बैठक थाइल्याण्डको राजधानी बैंककमा बसेको छ ।
नेपालको द्वन्द्वकालीन घटनाबारे राजनीतिक सहमति जुटाउन अन्तर्राष्ट्रिय समन्वयमा नेपालका ‘राजनीतिक एक्टर’हरुको बैठक बैंककमा बसेको हो ।
स्वीस सरकारको आर्थिक सहायतामा भएको बैठकमा संक्रमणकालीन न्यायमा देखिएको राजनीतिक मतभेद हल गर्न प्रयास हुने नेताहरुले बताएका छन् ।
बैठकमा नेकपाका तर्फबाट उर्जामन्त्री वर्षमान पुन, उद्योगमन्त्री मातृका यादव, नेकपाका नेताहरु भीम रावल, जनार्दन शर्मा र हरिबोल गजुरेल सहभागी भएका छन् भने कांग्रेसका तर्फबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी छन् ।
बैठकमा नेपाली सेनालाई पनि सहभागी गराउनेबारे छलफल भएको थियो । तर, सेनाको सहभागिता हुन सकेन ।
त्यस्तै ‘राजनीतिक एक्टर’हरुको बैठकमा राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेल पनि सहभागी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया