गृहजिल्ला पोखरामा उड्डयन मन्त्री अधिकारीलाई कालोझण्ड, ६ जना पक्राउ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई कालोझण्डा देखाएको आरोपमा  प्रहरीले ६ जना पक्राउ गरेका छन् । 

गृहजिल्ला पोखरा पुगेका मन्त्री अधिकारीलाई वाइडबडी जहाज खरिद सम्बन्धी विवादको सत्य, तथ्य छानबिनको माग गर्दै नयाँ शक्ति, नेपालका विद्यार्थी संगठनका विद्यार्थीहरुले कालोझण्डा देखाएका हुन् । 

पक्राउ पर्नेमा नयाँ शक्ति, नेपालको विद्यार्थी संगठनका नेताहरु नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिम्सिना, नरेन्द्र बस्याल, कृष्ण अधिकारी र तेजेन्द्रकुमार भट्ट छन् ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी ओम रानाले उनीहरुलाई पक्राउ गरि हिरासतमा लिए अनुसन्धान भइरहेको बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?