काठमाडौं । बलात्कारपछि हत्या भएकी कञ्चनपुरी १३ वर्षीया बालिका निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले भेट गरेका छन् ।
उनले सोमबार शिक्षण अस्पताल पुगेर निर्मलाका बुवालाई भेटेका हुन् । साथै उनले उपचारका लागि भन्दै एक लाख रुपैयाँ सहयोग उपलब्ध समेत गराएका थिए ।
निर्मलाका बुवालाई हिजो (आइतवार) थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । उनलाई शिक्षणअस्पतालमा उपचारका लागि भर्ना गरीएको छ ।
साथै उनले नयाँ शक्ति पार्टीका अष्ट्रेलियामा रहेका समर्थकले पठाएको एक लाख रुपैयाँ हस्तान्तरण गर्दै भट्टराईले निर्मला सबैको छोरी भएको समेत बताए । साथै उनले निर्मलाका न्यायका लडाईमा आफ्नो साथ रहने बताए ।
भट्टराईसँगै नयाँ शक्ति पार्टीको केन्द्रीय नेता हिसिला यमीपनि शिक्षण अस्पताल पुगेर निर्मलाका बुवा यज्ञराज पन्तको स्वास्थ्य स्थितिबारे जानकारी लिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया