राजपा नेपालका नेता ठाकुरले बोलाएको बैठक स्थगित

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाला नेता तथा कार्यकर्ताको बैठक स्थगित भएको छ । 

राजपा नेपालमा रहेका तत्कालीन तमलोपाका नेता तथा कार्यकर्ताको बैठक स्थगित भएको हो । 

राजपा नेपालको संयोजकबाट महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतो नयाँ संयोजक बनेपछि सो पार्टीमा विवाद चुलिएकै बेला आन्तरिक छलफलका लागि भन्दै ठाकुर पक्षले छुट्टै बैठक बोलाएको थियो । 

राजपा नेपालका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालको सक्रियतामा विजुलीबजारस्थित तत्कालीन तमलोपाको कार्यालयमा आज (सोमबार) बिहान ११ बजे बैठक बोलाइएको थियो । 

तर, बैठक स्थगित भएको भन्दै वरिष्ठ उपाध्यक्ष लालले नेताहरुलाई फोन गरेर जानकारी गराएका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?