काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यको कार्य विभाजन गर्ने भएको छ ।
आज (सोमबार) बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने भएको हो ।
नेकपाका अनुसार गत शनिबार बसेको बैठकले गरेको नेताहरुको कार्यविभाजन गर्ने भनिएपछि थप छलफल आवश्यक रहेको भन्दै आज पुनः बैठक बोलाइएको हो ।
केन्द्रीय सदस्यको कार्यविभाजन पछि मात्रै जनवर्गीय संगठनको एकिकरण प्रक्रियाको विषयमा प्रवेश गर्ने प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालयले जनाएको छ ।
पार्टी एकता भएको ६ महिना वितिसक्दा पनि जिम्मेवारी नदिइएको भन्दै नेकपाका नेताहरुले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया