लेखा समितिको बैठक : ‘वाइडबडी विमान खरिद प्रक्रियामा कुनै अनियमितता भएको छैन’

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगरत्न कंसाकारले वाइडबडी विमान खरिद प्रक्रियामा कुनै अनियममितता नभएको दाबी गरेका छन् । 

आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा कंसाकारले सरकारी स्वामित्वको कम्पनी भएकै कारण विमान खरिद प्रक्रियामा झमेला भएको दाबी गरे । 

‘टेन्डरिङ प्रक्रियाबाट वाइडबडी आएको छ’ समितिको बैठकमा उनले भने, ‘प्राइभेट सेक्टरको भएको भए यति ठूलो झमेला हुँदैहुँदैनथ्यो । सरकारी भएर झमेला भयो ।’

सार्वजनिक खरिद ऐन र निगमको विनियामवली अनुसार नै विमान गरिद गरिएको पनि उनले बताए । तर, यसअघि महालेखा परीक्षकको प्रतिवेदनमा मूल्य र खरिद प्रक्रियाबारे प्रश्न उठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?