कांग्रेसले तयार पारेको विधान मस्यौदा केन्द्रीय सदस्यलाई वितरण (प्रतिवेदन सहित)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्य समितिमा विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदा पेश गरिएको छ ।

नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको आईतबार बसेको बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदा पेश गरिएको हो । 

पार्टीका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले देशभरका पार्टी नेता, कार्यकर्तासँग व्यापक छलफल गरी तयार गरेको विधान संशोधन मस्यौदा केन्द्रिय कार्य समितिमा पेश भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

मंसिर १३ गते बस्ने केन्द्रीय समितिमा छलफल गरेर यही मंसिर अन्तिम साताबाट बस्ने महासमिति बैठकले पारित गर्ने छ । 

महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौंमा गर्ने कांग्रेसको निर्णय छ ।

प्रस्तावित विधान मस्यौदामा केन्द्रीय सदस्यको संख्या ८५ बाट बढाएर १ सय ४१ पुर्याउने उल्लेख गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?