काठमाडौं । उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
पश्चिमतर्फ गइरहेको को.२२प ८२८८ नम्बरको मोटरसाइकल उदयपुरको वेलका नगरपालिकाको रामपुरमा दुर्घटना भएको हो ।
दुर्घटनामा सुनसरी बहारक्षेत्र घर भएका ४५ वर्षीया शैलेश माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गम्भीर घाइते भएका माझीको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
माझीसँगै सवार भएका १७ वर्षीय जितेन राई गम्भीर घाइते छन् । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया