काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन तोलाको एक लाख ५०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन तोलाको एक लाख रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया