भिरबाट खसेर महिलाको मृत्यु

बाजुरा ।  जिल्लाको बडिमालिका नगरपालिका–९ बाउलीकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । 

मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ बाउली बस्ने पेमाग्याल्बो गुरुङकी श्रीमती ४५ वर्षीया दाबासाङ्मु गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । 

गुरुङ मार्तडीको गैरीबजारमा रहेकोे बलवीर गुरुङको घरमा पूजा सकेर शनिबार साँझ फर्किने क्रममा जिल्ला अस्पतालको डिलबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । मृतक गुरुङको शव साँफेमार्तडीको पिच सडकमा आइतवार बिहान ४ः४५ बजेतिर स्थानीयवासीले फेला पारेको बताइएको छ ।

मृतकको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल बाजुरामा राखिएको प्रहरी प्रमुख भाटले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?