जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रहरी उपरीक्षकसम्मको सरुवा–बढुवाको अधिकारको माग गरेका छन् ।
लामो समयपछि शुक्रबार बसेको प्रदेशसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै कानुनमन्त्री यादवले तर्क गरे, ‘प्रहरी उपरीक्षकसम्मलाई सरुवा र बढुवाको अधिकार नपाएसम्म प्रदेशमा शान्तिसुरक्षा कायम हुँदैन ।’ संघीय सरकारले प्रदेशलाई प्रहरीको सहायक निरीक्षकसम्मको सरुवा–बढुवाको निर्णय दिने अधिकार प्रदेश २ सरकारले अस्वीकार गरेको उनले बताए ।राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया