कञ्चनपुर –बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बुबा यज्ञराजलाई उयपचारका लागि काठमाडौं लान खोज्दा जहाजले चढाउन नमानेपछि उनी कैलालीको गेटा विमानस्थलमै अलपत्र परेका छन् ।
छोरीको बलात्कार र हत्या गर्नेलाई सार्वजनिक र कारबाही गर्नुपर्ने माग राखेर दुई सातादेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेका उनी केही दिनयता बिरामी थिए ।
उनलाई शनिबार साँझ बुद्ध एयरको विमानबाट काठमाडौं लैजाने तयारी थियो ।
असामान्य व्यवहार देखिएको भन्दै एयरलाइन्सले जहाज चढाउन नमानेपछि गेटा विमानस्थलमै उनी अलपत्र परेका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया