काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले निर्मला पन्तको हत्यारलाई कारबाही गर्ने बताएका हुन् ।
शानिवार राजधानीको प्रदर्शनी मागमा आयोजना गरिएको जनसभामा नेकपाका प्रवक्ता प्रकाण्डले काञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको चार महिना वितिसक्दा पनि सरकारले दोषीलाई कारबाही गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
उनले भने, ‘निर्मलाको हत्यारालाई अब हामी कारबाही गर्छौं ।’ साथै पन्तको हत्याको विरोधमा मंसिर १६ गते देशव्यापी विरोध कार्यक्रम गर्ने समेत बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया