काठमाडौं । सत्तारुढ दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज पनि बस्दैछ ।
सांगठनिक एकताको विषयमा अलमन देखिएको नेकपा सचिवालय बैठक बस्ने भएको हो ।
यसअघि बसेको नेकपा सचिवालय बैठकले प्रदेश कमिटीका सदस्यको टुंगो लगाएको तथा केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड गर्न महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा सम्मिलित कार्यदल बनाएको थियो ।
कार्यदलले प्रस्ताव सचिवालयमा लगे पनि सचिवालय बैठकले ठोस निर्णय भने गर्न सकेन् ।
बिहीवार र शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा कार्य दलले बिहीवार प्रेस गरेको सांगठनिक एकीकरण सम्बन्धी प्रस्तावमाथि छलफल गरेको थियो । तर, छलफलमा उठेका विषय वस्तुलाई आवश्यक पुनर्विचार गरी निर्णय लिन स्थायी समिति बैठक बोलाउने निर्णय पनि गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नेकपा भित्र संगठन एकता प्रक्रिया ढिलाइ भएको जिम्मेवारी नपाएको भन्दै असन्तुष्टि चुलिएको छ ।
पार्टीका २१ जना सांसद एवं केन्द्रीय सदस्यहरूले असन्तुष्टिसहितको ज्ञापन पत्रसमेत नेतृत्वलाई बुझाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया