सप्तरी बस दुर्घटना अपडेट : पाँचको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते

सप्तहरी । शुक्रबार राति सप्तरीमा भएको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी घाइते भएका छन् । 

सप्तरीको भुतही डाँक्रेश्वर नगरपालिका २ भूतहीबाट बिहीवार बराह क्षेत्रमा गएको बस शुक्रबार फर्कने क्रममा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १० इनरवास्थित राती दुर्घटनामा परेको हो । 

जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले सुनसरीको बराह क्षेत्रबाट फर्केको को१ख २७९९ नम्बरको तिर्थ याुत्र बोकेको बस राजविराज हनुमाननगर पोखरीमा पल्टिएको हो ।

उनले अहिलेसम्म ५ जनाको शव निकालेको र २ दर्जनभन्दा बढी घाइतेको उद्दार गरी अस्पताल पठाइएको जानकारी दिए । पोखरीमा पल्टिएको बस डोजर लगाएर निकाल्ने काम भइरहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने डिएसपी रिमालले बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?