-शम्भू माली
कपिलवस्तु । कपिलवस्तुकै ऐतिहासिक र ठूलो रामघाट मेला भर्न प्रत्येक वर्षजस्तै यस बर्ष पनि निकै टाढा–टाढाबाट श्रद्धालु भक्तजनहरु आएका छन् ।
धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिने बाणगंगा नदीको रामघाटमा मेला भर्न साँझै आएका हजारौं भक्तजनहरुले बिहानै रामघाटमा स्नान गरी नजिकैको रामजानकी मन्दिरमा पुजाआजा गरेका थिए । पुजाआजा गर्नका लागि दर्शनार्थीको घुइँचो बिहानदेखि दिउँसो अबेरसम्म लागेको थियो ।
यहाँ ८० किलोमिटर पर भारतको गोरखपुर र बस्ती जिल्ला देखि कपिलवस्तुको सम्मका श्रद्धालु भक्तजनहरु पुजाआजाका लागि आएको मेला व्यवस्थापन समितिले बताएको छ । मेला भर्न ५० किमी पर भारतको बासी जिल्लाबाट भक्त जन पनि आउनु भएको छ । यस्तै जिल्लाका सय बढी साधु जोगी पनि मेलामा भेला भएका छन् । मन्दिर वरिपरी र नदी किनारमा रातभर साधु जोगीहरुले जाग्राम बसी भजन, किर्तन र चुड्का भनेर रमाइलो गरेका थिए ।
भगवानले वाण हानेर पानी निकालेको हुँदा यस ठाउँको नाम रामघाट रहन गई धार्मिक तीर्थस्थल भएको संस्कृतिका जानकारले बताए । मेलाका दिन बिहानै स्नान गरी घाट किनार र रामजानकी मन्दिरमा पुजाआजा गर्नाले मनोकांक्षा पूरा गरेको पाप काटने हुने धार्मिक जनविश्वास भएकाले मेलामा भीड बढेको मेला पुजाआजाका लागि ३० वर्ष देखि आईरहेका भक्तजनहरुले बताए ।
यस्तै आजकै नदी किनारमा स्नान गरी गौदान गर्नेहरुको भीड हुन्छ । गौदान गर्नाले पुण्य प्राप्ति गर्ने धार्मिक विश्वास रहेकाले यहाँ श्रद्धालुहरुको भीड हुन्छ ।
त्रेता युगमा भगवान् राम वनबास जाने क्रममा सीतालाई पानी प्यास लागेको लक्ष्मणले वाण हानी नदी निर्माण गरेको भन्ने विश्वासबाट यस नदीको नाम वाणगंगा नदी पर्न गएको हो । वाण नदीको यसै घाटमा राम भगवान् स्नान गरेकाले यो घाटको नाम रामघाट हुन गएको कथन छ । पानी प्यास लागे पछि बा“ण हानेर पानी निकालेको धार्मिक जन विश्वास रहेको बताए ।
कार्तिक महिना भगवान बिष्णुको महिना मनिएकोले यस महिनामा दान पुण्य गरेमा एक सय गुण बढी फल पाइने धार्मिक विशम्भर नाथ शुक्लाको मान्यता रहेको छ । कार्तिक शुक्ल पुर्णिमाको दिन रामघाट कुम्भमा नुहाउने र गौ दान गर्नले गरेको पाप कटने र आउने दिन राम्रो हुने जन धार्मिक विश्वास रहेको बताए ।
पौराणिक कालदेखि नै रामघाट नदीमा नुहाई पुजाआजा गर्नाले मनोकांक्षा पूरा गरेको पाप काटने हुने धार्मिक जनविश्वास रहेको श्याम नारायण उपाध्यायले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया