प्रहरी जवानद्वारा वीरगञ्जमा महिलामाथि दुर्व्यवहार

वीरगञ्ज । प्रहरीले वीरगञ्जमा महिलामाथि दुर्व्यवहार गरेको छ । 

सामान्य पोके तस्करी गरेको आरोपमा प्रहरीले महिलामाथि दुर्व्यवहार गरेको हो । 

घटना सार्वजनिक भएपछि सशस्त्र प्रहरीले गल्ती स्वीकार गरेको छ र संलग्न जवानमाथि कारबाही हुने समेत जनाएको छ ।  

वीरगञ्ज भन्सार कार्यालयको सुरक्षा एवं चोरी तस्करी नियन्त्रणका लागि खटिएका सशस्त्र प्रहरीले महिलाहरुलाई कपाल समातेर भुइमा लछार पछार तस्वीर सार्वजनिक भएको थियो । उक्त तस्वीरमा सशस्त्र प्रहरी जवानले महिलाहरुलाई दुर्व्यवहार गरेको प्रष्ट देखिन्छ ।

सो घटनाको अहिले चौतर्फी आलोचना भएको छ । 

त्यस्तै राष्ट्रिय जनता पार्टी (नेपाल)का महासचिव राजेशमान सिंहले सशस्त्र प्रहरीले निकृष्ट र अमानवीय कार्य गरेको भन्दै कारबाहीको माग राखेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?