काठमाडौं । सर्वोच्च अदालतबाट सरकारी जग्गालाई व्यक्तिको नाममा फैसाला हुन थालेपछि सरकार न्यायिक पुनरावलोकन तथा फैसलाविरुद्ध भ्याकेटमा जाने भएको छ ।
सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटा अनुसार सरकारी जग्गा व्यक्तिका नाममा लैजाने खालका फैसलाहरुप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए ।
सरकारी जग्गा धमाधम अदालतले व्यक्तिको नाममा फैसला गर्दा सरकारले जोगाउन केही पहल नगरेको भन्ने पत्रकारको प्रश्नमा मन्त्री बास्कोटाले सरकार गम्भीर भएको बताए ।
उनले प्रश्न गरे, एउटा मन्त्रालयको सचिवलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दा अपुरणीय क्षति हुन्छ भने रोपनीका रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गर्दा के हुन्छ ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया