काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेलाई हृदयघात भएको छ ।
बिहीवार राती आफ्नै निवास उनलाई हृदयघात भएको हो ।
परिवार स्रोतको अनुसार उनको अहिले बासबारीस्थित गंगालाल अस्पतालमा अपरेशनको तयारी भइरहेको जानकारी दिए ।
त्यस्तै नेबिसंघका नेता सुशील भट्टले भने, उनको अवस्था भने स्थिर रहेको छ ।
अस्पतालमा अहिले कांग्रेस नेता प्रकाशमान सिंह, रामशरण महत, प्रदीप पौडेल सहित नेविसंघका नेताहरुको भीड लागेको छ ।
उनलाई हृदयघात भएपछि शुरुमा हेमस अस्पताल लगिएको नेता पौडेलले बताए । त्यस पछि त्यहाँ उपचार सम्भव नभएपछि गंगालाल अस्पतालमा ल्याइएको उनले भने ।
चिकित्सकहरुका अनुसार काफ्लेलाई ४८ घण्टा आइसीयुमा राख्नुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया