काठमाडौं । फौजदारी अभियोगसहित राजनीतिक मुद्दामा थुनामा रहेकाहरुलाइ सहज रुपमा कारबाही फुकुवा गर्न सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शितलनिवास पुगेको छ ।
आइतबार सरकारले फौजदारी कानुनलाई संशोधन गर्न ल्याएको अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको हो ।
सो अध्यादेश राष्ट्रपति कार्यालय आइपुगेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले लोकपथलाई जानकारी दिए ।
राजनीतिक भागबण्डा मिलाइ नयाँ सरकार गठनमा सहजता ल्याउनका लागि वर्तमान सरकारले उक्त अध्यादेश ल्याएको हो ।
उक्त अध्यादेशका बारेमा सत्तारुढ दलकै नेताहरुले विरोध गरिरहेका छन् ।
ध्वंसात्मक बाटोमा रहेकाहरुलाई शान्तिपूर्ण बाटोबाट राजनीतिमा ल्याउनका लागि उक्त अध्यादेश ल्याइएको भन्दै सरकारले त्यसको ढाकाछोप गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया