देशभरको मौसम सफा

लोकपथ
0
Shares

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ । देशका पूर्वी तराईका केही स्थानहरुमा भने हल्का हुस्सु तथा कुहिरो लागेको छ ।

यस्तै दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?