काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली अलमलिएका कारण परिणाम नआएको बताएका छन् ।
बिहीवार धनगढीमा पत्रकारसँग कुरा गर्दै कांग्रेस नेता थापाले सो कुरा बताएका हुन् ।
उनले भने, ‘म अहिले प्रधानमन्त्री ओलीको नियतमा शंका गर्दिन, हिजो मन्त्री र सचिवहरुको बैठक हेरे । मलाई परिणाम देऊ भन्दै परिणाम कसरी ल्याउने भन्ने थाहा नै पाइराख्नु भएको छैन ।’ उने थप्दै भने, ‘प्रधानमन्त्री राम्रो गर्न चाहनुहुन्छ, बाटो चाँडो बनाउन चाहनुहुन्छ, विद्युत उत्पादन गर्न चाहनुहुन्छ । चाहना ठीक छ तर, के र्गयो भने त्यो पु हुन्छ भन्ने बुझ्नु भएन ।’
साथै फरक प्रसंगमा थापाले पार्टी सभापति शेरबहादुर देउवाको समेत आलोचना गरे ।
उनले भने, नेताले के भनिरहेको छ, के गरिरहेका छ, त्यसआधारमा दृष्टिकोण बन्छ । त्यसरी हेर्दा प्रतिपक्षी दल कांग्रेसले सशक्त भूमिका खेल्न सकेको छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया