भरतपुर पुगेर के भने प्रचण्डले ?

चितवन । नेपाल कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश विकासको लक्ष्य लिएको एक मात्र पार्टी नेकपा रहेको बताएका छन् । 

बिहीवार बिहान भरतपर महानगरपालिका वडा नं. २१ मा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकताहरलाई पार्टी प्रवेश गराउँदै सो कुरा बताएका हुन् । 

साथै भरतपुर महानगरपालिका वडा नं. २४ को भवन उद्घाटन तथा वातावरण मैत्री वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने र पाँच वर्षभित्र चितवन जिल्लाका सबै बाटाहरु पिच गर्ने बताएका छन् । 

त्यस्तै उनले भरतपुर महानगरपालिका, प्रदेश सरकार र संघीय सरकार तीनवटै तहबाट भइसकेको र निकै उत्साहपूर्ण तरिकाले अगाडि बढेको जानकारी गराए ।

    
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?