मैथली भाषाको इतिहास गौरवमय छ : प्रदेश प्रमुख कायस्थ

धनुषा । प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले मैथली भाषाको इतिहास गौरवमय रहेको बताएका छन् । 

जनकपुरमा विद्यापति ट्रस्टद्वारा आयोजित विद्यापति स्मृति २०७५ पर्वलाई सम्बोधन गर्दै उनले भने, “मैथली भाषाको गौरवमय इतिहास र तथ्याङ्क भएकाले यसको औचित्य सदैव कायम रहनेछ ।” 

प्रमुख कायस्थले मैथिलीका कोकिल विद्यापति मिथिलाको धरोहर रहेको उल्लेख गर्दै “विद्यापति मिथिलाका लागि तुलसी दास झैँ हुन्, उनका योगदान अविस्मरिणीय छ”, भने । 

विद्यापति स्मारक निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले मिथलाको सामाजिक, ऐतिहासिक, सांस्कृतिक र धार्मिकलगायत सबै धरोहरको पहिचान गरी त्यसको प्रवद्र्धन गर्नुपर्ने बताए । 

साहित्यकार तथा प्राध्यापक डा राजेन्द्र विमल र प्राध्यापक डा गोविन्द चौधरीले विद्यापतिको रचना, ग्रन्थ र जीवनशैलीका विविध पक्षमाथि प्रकाश पारे । 

पत्रकार श्यामसुन्दर शशिले प्रदेश सरकारद्वारा मैथिली भाषा मेटाउने षड्यन्त्र भइरहेको आरोप लगाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?