काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ ।
बिहीवार अपराह्न ४ बजेको लागि नेकपाले सचिवालय बैठक बोलाएको हो । बैठकमा नेकपाको पछिल्लो सांगठनिक विवाददेखि समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
पार्टीभित्रका २१ केन्द्रीय सदस्यले अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएको भोलिपल्ट अर्थात आन नेकपाले सचिवालयको बैठक बोलाएको हो ।
बुधबार मात्रै माधवकुमार नेपाल पक्षीय २१ केन्द्रीय सदस्यले एकता अन्योलमा परेको भन्दै केन्द्रीय समिति बैठक बोलाउन ज्ञापनपत्रमार्फत् अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माग गरेका थिए । बिहीवार बस्ने नेकपा बैठकमा यी लगायतका सांगठनिक विषयमा छलफल हुने नेकपाका एक नेताले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया