दुई लाख बराबरको भारतीय औषधि बरामद

गौशाला । महोत्तरीको पश्चिमी सिमानाका सम्सी गाउँपालिकाबाट गए राति प्रहरीले करीब दुई लाख मूल्य बराबरको भारतीय औषधि बरामद गरेको छ । 

भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको २५ प्रकारको भारतीय औषधि बरामद गरिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । भारतमा कम मूल्यमा किनेर नेपालमा बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले सो औषधि भन्सार छली गरी नेपाल ल्याउँदै गरेको खड्काले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?