पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका –३ सिरुखर्कमा जिप आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
दुर्घटनामा बाग्लुङ बरेङ्ग गाउँपालिका –३ बस्ने कमला परियारका एक वर्षीय छोरा अङ्कित परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । लु २ च ५०३५ नंको जिप बाग्लुङको बरेङ्ग गाउँपालिकाबाट बुटवलतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा चालकसहित सात घाइतेको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया