काठमाडौं –नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले नेपाल विद्यार्थी संघ (नेविसंघ)को वर्तमान कार्यसमितिको म्याद २ महिना थप्ने निर्णय गरेको छ ।
आइतबार साँझ बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नैनसिंह महर नेतृत्वको कार्यसमितिको म्याद २ महिना थप्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
उक्त निर्णयको संस्थापन इतरका समूहले भने विरोध गरेको छ ।
आजको बैठकमा— सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु— कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., बलबहादुर के.सी., फरमूल्लाह मन्सुर, नविन्द्रराज जोशी, डा. चन्द्र भण्डारी, शंकर भण्डारी, गगनकुमार थापा, गुरुराज घिमिरे, मोहनबहादुर बस्नेत, बीरबहादुर बलायर र प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो धारणा राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया